नियम ५४
भैपरी आउने र पर्व बिदा
(१) सैनिक व्यक्तिले प्रत्येक वर्ष भैपरी आउने बिदा छ दिन र पर्व बिदा छ दिन गरी जम्मा बाह दिन बिदा लिन पाउनेछ ।
(२) एक वर्षको भैपरी आउने र पर्व बिदा सञ्चित गरी अर्को वर्षमा लिन पाईने छैन ।
(३) भैपरी आउने र पर्व बिदा लिई बसेको सैनिक व्यक्तिले पूरा तलब पाउनेछ ।
(४) भैपरी आउने र पर्व विदा सार्वजनिक विदा बाहेक अरु कुनै बिदासँग मिलाई लिन पाइने छैन ।
(५) भैपरी आउने र पर्व बिदा आधा दिन पनि लिन सकिनेछ ।
स्पष्टीकरणः यस उपनियमको प्रयोजनका लागि “आधा दिन” भन्नाले दैनिक कार्यालय समयको आधा समय सम्झनु पर्छ ।